हिन्दु र मुस्लिम समुदायबीच तनाव, धनुषामा कर्फ्यु

काठमाडौं ।साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी भइरहेको नारा जुलुस हुल हुज्जत रोक्न धनुषा जिल्लामा कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले अहिले दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो। सो क्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडपसमेत भएको छ।
प्रतिक्रिया
Facebook Comment