झारपातसँग हात मिलाऊँ किन ?
तिम्रा पुर्खा रैती होलान्, म चाहिँ दरबार फर्की जाऊँ किन ?
तिमी हौला अन्धो राजभक्त, म आँखामा पट्टि लगाऊँ किन ?
तिमि खाएर हुर्कियौ होला राजभोजको जुठो, म खाऊँ किन ?
तिमी ढोग असर्फी राखी दास झैँ, म स्वतन्त्र शिर झुकाऊँ किन ?
लोकतन्त्रमा अझैँ जहानियाँ शासन खोज्ने दास मनस्थिति हो
केही स्वार्थी र रुढीवादीको बेमौसमी एजेन्डा म पछ्याऊँ किन ?
काठमाडौँलाई बझाङ, बाजुराको विकटता के थाहा छ र ?
तिमीले बुझेनौ सङ्घीयता! तिम्रा सङ्कीर्ण नारा म भट्याऊँ किन ?
कस्ता कस्ता कहाँ गए मुसाका चल्ला दरबार ! आश्चर्य छ बा…
सङ्कीर्ण सोच भएका अन्धभक्त झारपातसँग हात मिलाऊँ किन ?
खप्तडछान्ना, बझाङ
हाल: युनिभर्सिटी अफ म्यासाचुसेट्स
प्रतिक्रिया
Facebook Comment