एमाले महाधिवेसनः जनजाति संघबाट पुरुषभन्दा महिलाको बढी प्रतिनिधित्व

डिसी नेपाल
२ मंसिर २०७८ १६:५३

काठमाडौं ।महाधिवेशन प्रतिनिधि चयनको अन्तिम चरणमा पुगेका नेकपा एमालेले जनवर्गीय संगठन र पेसागत संगठनबाट जाने प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आठ दिनपछि उद्घाटन हुने महाधिवेशनका लागि आदिवासी जनजाति महासंघ, नेपालले सर्वसम्मत रूपमा पाँच जना प्रतिनिधि चयन गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । थापाका अनुसार खुलातर्फवाट मीनाकुमारी गुरूङ, विजयसिंह लामा लोप्चन र पेम्बा गुरूङ भोटे चयन भएका छन भने महिलाकोटावाट कल्पना लिम्बू योङहाङ र ज्योति लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *