संविधानमा कर्तव्य र अधिकार स्थापितः सुवास नेम्वाङ
काठमाडौं ।संविधानसभा अध्यक्ष एवं नेकपा एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले जनताले नै जनताका लागि बनाइएको यो संविधानमा कर्तव्य र अधिकार स्थापित गरेको बताएका छन् ।
प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधानको कार्यान्वयनमा वुद्धि र क्षमताको आवश्यकता औँल्याउँदै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर किन फिर्ता गर्नुपरेको हो भन्ने प्रश्न गरे। उनले सर्वोच्च अदालतको आन्तरिक विषयमा दलहरुले गम्भीर भएर बोल्नुपर्ने सुझाव दिए ।
उनले सरकारले सर्वदलीय बैठक बोलाएर एमसिसीको विषयमा धारणा राख्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष नेम्वाङले जनता अहिले पनि एमालेका साथमा रहेको चर्चा गर्दै राजनीति भनेको नै सेवा हो भने ।
प्रतिक्रिया
Facebook Comment