प्रधानन्यायाधीशले आफूबाहेक १० इजलास गठन गर्दै २२२ मुद्दाको पेसी तोके

डिसी नेपाल
३ मंसिर २०७८ ११:३४

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन्। आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन्। तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन्।

गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन्। यता न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *