माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल
![माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल](https://www.dcnepal.com/wp-content/uploads/2021/11/259357274_426203632203372_1022799749220200387_n.jpg.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । एमसीसीमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने बताउँदै आएका छन् ।
भेटमा नेपाल र अमेरिकाबीचको लामो द्विपक्षीय सम्बन्ध, कोभिड महामारीकालमा अमेरिकाले गरेको सहयोग, अमेरिकामा रहेका नेपालीको रोजगारी तथा सुरक्षाबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment