सुवास नेम्वाङको टोलीलाई प्रधानमन्त्री देउवाले भने: चितवन महाधिवेशनमा म आउँछु
![सुवास नेम्वाङको टोलीलाई प्रधानमन्त्री देउवाले भने: चितवन महाधिवेशनमा म आउँछु](https://www.dcnepal.com/wp-content/uploads/2021/11/257778054_579366439962467_7751270733486868144_n-e1637324423859.jpeg)
काठमाडौं ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।
देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।
‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भएको छ ।
प्रतिक्रिया
Facebook Comment