कैलालीका सात स्थानमा कांग्रेसले छान्यो प्रदेश सभा सभापति

डिसी नेपाल
४ मंसिर २०७८ १४:४१

काठमाडौं।कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरू भएको पालिका अधिवेशन अन्तर्गत कैलालीका सातै वटा प्रदेश क्षेत्रमा सभापति चयन भएका छन् ।कांग्रेस कैलालीका महाधिवेसन प्रचारप्रसार समिति सभापति नृप सुनारका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र (क) २ मा बलिराम चौधरी सर्वसहमत चयन भएका छन् । १ को निर्वाचन क्षेत्र (ख) मा सर्वसहमतका लागि प्रयास जारी रहेको छ । यसैगरी, क्षेत्र नम्बर २ को (क) क्षेत्रमा भीम जैशी र (ख) मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् ।

सुनारका अुनसार निर्वाचन क्षेत्र नम्बर ३ को (क)मा रामप्रकाश चौधरी र २ मा कमलराज चौधरी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा काशीराम शर्मा र (ख) क्षेत्रमा गोपाल भट्ट निर्वाचित भएको प्रचारप्रसार समिति संयोजक सुनारले बताए । उनका अनुसार कैलाली क्षेत्र नम्बर ५ का दुई वटै प्रदेश क्षेत्रमा नेतृत्व चयन हुन सकेको छैन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि चार जना आकांक्षी छन् । शनिबार बिहानसम्म सर्वसहमको लागि प्रयास जारी रहे पनि सहमति नभएको उनले बताए ।

उनका अनुसार क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि रुपेश स्वार, धर्म उपाध्याय, केशव जोशी र मानबहादुर चौधरीले दाबी गर्दै आएका छन् । यसैगरी, क्षेत्र नम्बर ५ कै (क) मा पनि दुई जनाले सभापतिमा दाबी गरिरहेका छन् । (क) क्षेत्रमा सीताराम राना र कुम्भ गिरीले सभापतिमा दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *