नेपाली राजनीतिको मूलधार एमाले नै होः रायमाझी

डिसी नेपाल
४ मंसिर २०७८ १९:०३

काठमाडौं ।नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सत्ताबाहिर भए पनि नेपाली राजनीतिको मूलधार एमाले भएको बताएका छन् ।

हेटौँडामा नेकपा (एमाले) मकवानपुरको विस्तारित बैठकमा आज नेता रायमाझीले एमाले फेरि पनि राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित हुने जिकिर गरे । उनले एमालेले अँगालेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ नारा र त्यसका लागि अवलम्बन गरेको समाजवाद उन्मुख बाटोका कारण एमाले आगामी निर्वाचनमा समेत प्रथम शक्ति बन्ने बताए ।

नेता रायमाझीले केपी ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्ति आत्तिएर नयाँ सरकार स्थापना गर्नेसम्मको हर्कत भएको आरोप लगाए । उाले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेले अझै पनि एमालेलाई प्रहार गरिरहेको उल्लेख गरे । चितवनमा हुने १०औँ महाधिवेशनको तयारीका सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको विस्तारित बैठक बसेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *