भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमाः मन्त्री श्रेष्ठ
![भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमाः मन्त्री श्रेष्ठ](https://www.dcnepal.com/wp-content/uploads/2021/11/shashi-shrestha-1.jpg)
काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूउपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
आज उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उनले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानहरूको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यावसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको पनि जानकारी गराए ।
भूमिहीन दलित, भूूमिहीन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको जनाउँदै उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने हुँदा विकास निर्माणका काममा तेरो मेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरे ।
Facebook Comment