सवारीले भ्याउनेजति नेपालका सबै समुदाय चितवन महाधिवेशनमा आउनेछन् : अध्यक्ष ओली

डिसी नेपाल
७ मंसिर २०७८ १४:५०

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन्। च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए।

‘सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन्। जनसहभागिता कमी हुने छैन। वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,’ उनले भने। यसैबीच नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ।

चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार यस विषयमा गृहमन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ।

१०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा दुई २०० प्रतिनिधिसहित थप पाँच प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि तीन हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिए । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *