महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्षमण्डल
काठमाडौं । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल बनाएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।
यस्तै एमाले महाधिवेशनमा २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।
एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।
प्रतिक्रिया
Facebook Comment