अछामका दुईवटै निर्वाचन क्षेत्रमा मत गणना सम्पन्न
![अछामका दुईवटै निर्वाचन क्षेत्रमा मत गणना सम्पन्न](https://www.dcnepal.com/wp-content/uploads/2021/11/20211123_091851-1536x1152.jpg.jpg)
अछाम । नेपाली कांग्रेसको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । बिहान ११ बजेदेखि सुरु मतदान कार्य साँझ ७ बजे सम्पन्न सम्पन्न भएको हो ।
अछाम क्षेत्र नम्बर १ को लागि साँफेबगरमा मतदान केन्द्र ताकिएको छ भने क्षेत्र नम्बर २ को लागि कमलबजार बहुमुखी क्याम्पसमा मतदान केन्द्र राखिएको थियो । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ ।
यस्तै क्षेत्र नम्बर १ मा ७ सय ६५ मतदाता रहेकोमा ६ सय ४१ मत खसेको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ । मतदान कार्य सम्पन्न भएसँगै मत गणना कार्यको थालिएको छ । क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि ४ जना, सचिवको लागि ३ जना, सहसचिव पदका लागि ४ जना, महाधिवेशन प्रतिनिधि खुल्लाको लागि २७ जना, खुल्ला महिलाको लागि ५ जना, खसआर्य खुल्ला तर्फको लागि १३ जना र ३ जना महाधिवेशन प्रतिनिधि खस आर्य महिला तर्फको लागि ६ जना चुनावी मैदानमा रहेका थिए ।
यस्तै ८ सय ४९ जना मतदाता रहेको क्षेत्र नम्बर २ मा ८ सय ४९ मत खसेको छ । यससँगै क्षेत्र नम्बर २ को मतदान कार्य सकिएको निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीले जानकारी दिए । क्षेत्र नम्बर २ मा २७ चुनावी मैदानमा थिए ।
Facebook Comment