कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र नेकपा (एस) कहाँ पुग्छन् टुंगो छैनः केपी ओली

डिसी नेपाल
८ मंसिर २०७८ १७:००

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ ।

‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *