राप्रपामै छिन् रेखा थापा, राजेन्द्र लिङ्देनको पक्षमा खुलेर अगाडि आइन् (तस्वीरहरू)
![राप्रपामै छिन् रेखा थापा, राजेन्द्र लिङ्देनको पक्षमा खुलेर अगाडि आइन् (तस्वीरहरू)](https://www.dcnepal.com/wp-content/uploads/2021/11/rpp-1-.jpg)
काठमाडौं । कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे ।
जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।
अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
युवा नेतासहित धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् ।
राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।
प्रतिक्रिया
Facebook Comment