एकीकृत समाजवादी र नेकपा मालेबीच एकीकरण
![एकीकृत समाजवादी र नेकपा मालेबीच एकीकरण](https://www.dcnepal.com/wp-content/uploads/2021/11/Untitled-design-84.png)
खोटाङ ।नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ । खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी कमिटी एक भएको घोषणा गरेका छन् । २५ कात्तिकमा फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र नेकपा मालेका वार्ता टोली संयोजक फुयाँलबीच गत २५ कात्तिकमा नेकपा मालेको २५ सदस्यीय जिल्ला कमिटी एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाडेका फुयाँल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् ।
Facebook Comment