एमाले महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी

डिसी नेपाल
१० मंसिर २०७८ ९:२१

लमजुङ ।चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

लमजुङका चार नगरपालिका र चार गाउँपालिकाबाट चार हजार २०० जना सहभागी हुने नेकपा एमाले लमजुङले जनाएको छ । एमालेका सचिव कृष्णप्रसाद अधिकारीका अनुसार चार नगरपालिकाबाट दुई हजार ८०० जना र चार गाउँपालिकाबाट एक हजार ४०० जना सहभागी हुनेछन् ।

बेसीसहर नगरपालिबाबाट ८०० जना, सुन्दरबजार नगरपालिकाबाट ८०० जना, मध्यनेपाल नगरपालिकाबाट ६०० जना, राइनास नगरपालिकाबाट ६०० जना सहभागी हुने अध्यक्ष दवाडीले बताए । गाउँपालिकातर्फ दोर्दी गाउँपालिकाबाट ६०० जना, मर्स्याङदी गाउँपालिकाबाट ६०० जना, दूधपोखरी गाउँपालिकाबाट १०० जना  सहभागी हुनेछन् ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता बोकेर करिब ८० वटा सवारी साधन चितवन पुग्नेछन् । निजी र सार्वजनिक सवारी साधन रिजर्भ गरेर साथै स्वतस्स्फूर्त मोटरसाइकलहरू समेत लाने भएका छन् । केही नेता कार्यकर्ता बुधबार र बिहीबार नै चितवन पुगिसकेका छन् । केही शुक्रबार जाँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *