माओवादी नेता पुनको स्वास्थ्य गम्भीर, बैंककमा सुधार नभएपछि चीन लगियो

डिसी नेपाल
१० मंसिर २०७८ ११:४९

काठमाडौं ।नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट बैंकक लगिएको छ । डेढ महिनासम्म थाइल्यान्डमा उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

यो रोग  विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए। उनीसँग पत्नी ओनसरी घर्ती र छोरी शिला रहेका छन् । जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए ।

उनी  नेपालमा हुँदा ललितपुरको सुमेरू अस्पताल र यस अघि ग्राण्डी  अस्पतालमा उपचार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *