एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुस्ः ओली

डिसी नेपाल
१० मंसिर २०७८ १६:००

चितवन ।एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ । परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं । चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *