एमालेले पोलिटब्युरो ब्युँताउने, पदाधिकारीको सङ्ख्या १५ बाट १९ पुर्याउने
चितवन । नेकपा एमाले पोलिटब्युरो ब्युँताउने भएको छ । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पोलिटब्युरो नरहने विधान पारित गरेको थियो ।
सौराहमा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा एमालेको विधानमा ब्यापक संशोधनको तयारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र पदाधिकारी संख्या थप गर्ने प्रस्ताव गरेका छन् । पदाधिकारीको संख्या १५ बाट १९ पुर्याउने प्रस्ताव ओलीले गरेका छन् ।विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव छन् ।
यस्तै ओलीले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव गरेका छन् ।
बैठकले पार्टीको विधानमा रहेको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई खारेज गरेको छ ।
Facebook Comment