एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव पारित
![एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव पारित](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261903427_232002978959228_5829760892329339814_n.jpg.jpg)
काठमाडौं । नेकपा एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी थपिने भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
८ बजे सौराहस्थित जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष ओली ११ बजे आएपछि केन्द्रीय समिति बसेको थियो ।
सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन ओली पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निष्कर्षमा पुगेको नेताहरुले बताए।
पदाधिकारी संख्यामा ७ जना उपाध्यक्ष र तीन जना उपमहासचिव राखिएको छ ।
स्थायी समिति सदस्य भने ४५ जना यथावत राखिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावमा ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने पनि निर्णय भएको छ ।
प्रतिक्रिया
Facebook Comment