कसरी उठ्ला साहित्यिक पुस्तकको बजार ?

डिसी नेपाल
११ मंसिर २०७८ ६:२८

यति बेला नेपालमा साहित्यिक पुस्तकको बजार एकदमै सुस्त अवस्थामा छ । तीन वर्ष अघि अर्थमन्त्री डा. युवराज खतिवडाले साहित्यिक पुस्तकमा थोपरेको छ थरि करका कारण सुस्त हुन थालेको साहित्यिक पुस्तकको बजारलाई कोरोना महामारीले थला पर्ने अवस्थामा पुर्‍याइ दिएको छ। विकास निर्माणका कामले गति लिएसँगै अन्य क्षेत्रको बजार अर्थतन्त्र चलायमान हुन थाले पनि पुस्तक बजारले भने बौरिने छनक पनि देखाउन सकेको छैन।

कुनै पनि समाजविकास निर्माणले मात्रै समृद्ध हुन सक्दैन । समाजको समृद्धिको सूचककला, साहित्य र संस्कार पनिहो । तर हामी कहाँकला साहित्यको विकासलाई यति हेय र तुच्छ रुपमा राख्ने गरिन्छ कि मानौं कला साहित्यि भनेको बेकामे फुर्सदिला एवम् सनकवाजहरुको कर्म हो ।

यही सोच भएका शासकहरुका कारण नेपाली कला साहित्यले पछिल्लो केही दशकमा फस्टाउने मौका समेत पाउन सकेन । नेपाली कला साहित्य क्षेत्रले जति उन्नति प्रगति गरेको छ, त्यो सबै स्रष्टा र केही व्यवसायीहरुको बल बुता र बर्कतका भरले प्रगति गरेको छ ।

पछिल्ला वर्षहरुमा भने स्रष्टा र व्यवसायीहरु प्नि मुर्झाइ रहेका छन् । साहित्यिक महोत्सव, पुस्तक मेलाहरु आयोजना हुन नसकेको करिब तीन वर्ष पुग्न लागेको छ । आर्थिक अवस्था डामाडोल भएपछि उनीहरुले त्यस खाले जमघट र अन्तव्रिmयाहरुको आयोजना सम्मपनि गर्न सकेका छैनन् । चितवनमा केही कार्यव्रmम त भएका छन् तर तिनले सबैलाई समेट्न सकेका छैनन् ।

यस्तो छ पुस्तक बजार

नेपाली साहित्यिक पुस्तकको बजार सोचेजस्तो ठूलो पटक्कै छैन । बजारमा आएको कुनै पनि नयाँ पुस्तक एक महिनामा हजार–एघार सय प्रति बिक्री हुँदा ठूलै कुरा मान्नु पर्ने अवस्थामा छ । महेन्द्रनगरमा १५, धनगढीमा २५, डडेलधुरामा १०, नेपालगञ्जमा ५०, सुर्खेतमा २५, दाङमा २५, बुटवलमा ५०, पाल्पामा १५, पोखरामा सय, चितवनमा सय, हेटौंडामा १५, सिन्धुलीमा २५, विराटनगरमा ५०, इटहरीमा ५०, धरानमा २५, विर्तामोडमा १५, दमकमा १५, इलाममा १५ प्रति अनि काठमाडौंमा ५ सय बिक्री  हुँदा प्रकाशकहरु खुसीले दङ्ग पर्ने अवस्था छ ।

दुःखको कुरा केही वर्षयता चर्चित भनिएका पुस्तकहरु समेत माथि दिइएको आँकडाको दशांस पनि बिक्री भइरहेका छैनन् । यतिसम्म कि मदन पुरस्कारको सूचिमा परेका पुस्तकहरु पनि उपरोक्त परिमाणमा बिक्री हुन सकेनन् ।

धनगढीको प्रसिद्ध चौधरी बुक डिपोले साहित्यिक पुस्तक नै बेच्नछाडेको छ। इटहरीको कुनै बेलाको नामी साहित्यिक पुस्तक विक्रेता सोनी पुस्तक यतिबेला उही हालतमा छ। दमकको श्रेष्ठ न्यूज एजेन्सीपनि साहित्यको सट्टा लोकसेवा र पाठ्यक्रमका पुस्तकअनि स्टेशनरीका सामान बेचेर टिकिरहेको छ। लाहानको सीता नोबेलले साहित्यिक पुस्तक राख्न छाडेको छ। कतिपय साहित्यिक पुस्तक बिक्रेताहरुले पेशा नै पनि परिवर्तन गरिरहेका छन्।

साहित्यिक पुस्तकको बिक्री स्वात्तसुत्तै घटेसँगै अधिकांश प्रकाशन गृहहरु संकटग्रस्त अवस्था व्यहोरिरहेका छन् । “मुख्य कुरा त कसरी टिक्ने भन्ने भएको छ।”

अब्बलकोटिको साहित्यिक प्रकाशन संस्था फाइन प्रिन्टका नीरज भारी भन्छन्, “यति ठूलो लगानी छ चटक्कै छाड्न सकिने अवस्था पनि छैन । चलाउने कसरी भनेर पनि सोच्न सकिएको छैन ।” भारीका अनुसार फाइन प्रिन्ट यतिबेला बैङ्कबाट लिएको ऋणका भरमा टिकिरहेको छ । नेपालय, साङ्ग्रिला, रत्न पुस्तक, भुँडी पुराण, भृकुटी, हिमाल किताब आदिको अवस्थापनि फाइन प्रिन्टको भन्दा भिन्न छैन । भुँडी पुराणका केशव पराजुली भन्छन्, “कोर्षका किताब बेच्न नपाएको भए त यति बेला हाम्रो पनि हालत पतला भइसक्ने थियो ।”

करोडौंको लगतमा बडेबडे घर महलहरु बनिरहेका छन्। तिनमा रक्सीको बार हुन्छ तर सानो पुस्तकालय पनि हुँदैन।

पछिल्लो समय धेरै पुस्तक व्यवसायीहरुले साहित्यिक पुस्तकको सट्टा स्टेशनरी र पाठ्यक्रमका पुस्तक बेच्दै आफूलाई टिकाउन थालेका छन् । धनगढीको प्रसिद्ध चौधरी बुक डिपोले साहित्यिक पुस्तक नै बेच्नछाडेको छ । इटहरीको कुनै बेलाको नामी साहित्यिक पुस्तक विक्रेता सोनी पुस्तक यतिबेला उही हालतमा छ ।

दमकको श्रेष्ठ न्यूज एजेन्सीपनि साहित्यको सट्टा लोकसेवा र पाठ्यक्रमका पुस्तकअनि स्टेशनरीका सामान बेचेर टिकिरहेको छ । लाहानको सीता नोबेलले साहित्यिक पुस्तक राख्न छाडेको छ। कतिपय साहित्यिक पुस्तक बिक्रीताहरुले पेशा नै पनि परिवर्तन गरिरहेका छन् ।

कसरी उठाउन सकिएला?

साहित्यिक पुस्तकको बजारलाई कसरी उठाउन सकिन्छ भन्ने विषयमा पङ्तिकारले विभिन्न व्यवसायीहरुसँग छलफल गरेको छ । पछिल्लो समय सबैभन्दा धेरै पुस्तक छापिरहेको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल विश्वको अर्थतन्त्र कमजोर भएकाले त्यसको असर देशमा र समाजका अन्य क्षेत्रसँगै पुस्तक बजारमा पनि परेको बताउँछन्। बजारमा अर्थतन्त्र चलायमान हुनासाथ पुस्तक बजार आफैँ उठ्नेमा उनी ढुक्कछन् ।

“सरकारले बैङ्कमा थुप्रिएको पैसा चलायमान बनाउने, विकाश निर्माणका काम द्रुतगतिले अघि बढाउने हो भने त्यसको प्रभाव घुमिफिरी पुस्तकमा पर्छ ।” कुनै दिन बजार उठ्नेमा ढुक्क देखिएका उनी भन्छन्, “केही समय धैर्य गर्नुपर्छ, बजार नउठी सुख्खै छैन ।”

अर्को प्रकाशन संस्था इन्डिगो इन्कका विष्णुकुमार चाहिँ साहित्यिक पुस्तक बजार चलायन बनाउन लेखकहरुले पनि सक्रियता पूर्वक लाग्नु पर्ने बताउँछन् । “तपाईं जसरी लाग्नु भएको छ, त्यसै गरी हरेक क्षेत्रबाट आठ–दशजना लेखक डटेर लाग्ने हो भने बजारले नउठी सुखै पाउँदैन ।” उनी भन्छन्, “प्रकाशन संस्थाहरुले पनि बजार उकास्ने खालका, आम पाठकको चासोका पुस्तक बजारमा ल्याउन जरुरी छ ।” त्यसका लागि काम गरिरहेको बताउने उनी राजनीतिक केन्द्रित पुस्तकबजारमा ल्याउने तयारीमा छन् ।

शिखा, साङ्ग्रिला, इन्डिगो इन्क आदिले नयाँ पुस्तक छपाइमा निरन्तरता दिएपनि नेपालय, फाइनप्रिन्ट, बुकहिल, कथालय, हिमाल किताब, भृकुटी आदि प्रकाशन संस्थाहरु पर्ख र हेरको स्थितिमा छन् । फाइन प्रिन्ट, बुकहिलसहितका कतिपयले आम पाठकको चासोका पुस्तक बजारमा ल्याउने तयारी पनि गरिरहेका छन् । फाइन प्रिन्टले डा. भगवान कोइरालाको बहुप्रतिक्षित आत्मकथा बजारमा ल्याउने तयारी गरिरहेको छ भने अजम्बरी पब्लिकेशनले रैतीको इतिहास र जनक लाल शर्माको संस्मरणत्मक कृति ‘कस्ताबोक्सा संस्मरण’ माकाम गरिरहेको छ ।

यसो गर्न सकिन्छ

साहित्यिक पुस्तकको बिक्री र समाजको उन्नतिबीचको सम्बन्ध हाड र मासु जत्तिकै भएकाले यो क्षेत्रको विकासका लागि समाजका हरेक तह र तप्काले यस तर्फ गम्भीर भएर सोच्नुपर्ने देखिएको छ । प्रकाशन संस्था भुँडी पुराणका केशव पराजुली साहित्यिक पुस्तकको बिक्री बढाउँदै समाजको चेतनास्तर उकास्नमा राज्यका संयन्त्रहरु नै सव्रिmयहुनुपर्ने विचार राख्छन् । “करोडौंको लगतमा बडेबडे घर महलहरु बनिरहेका छन् ।

तिनमा रक्सीको बार हुन्छ तर सानो पुस्तकालय पनि हुँदैन ।” पराजुली चिन्ता प्रकट गर्छन्, “हरेक घरमा तला अनुसार यति संख्याको निजी पुस्तकालय हुनै पर्ने नियम स्थानीय तहले लगाउने हो भने समाजको विकास आफैँ हुन्छ ।”

त्यसका लागि उनले घरको नक्सापास गर्दा यति क्षेत्रफल खुला छाड्नु पर्ने, यति वटा रुख विरुवा, यति वटा गमला हुनै पर्ने नियम बनाए जस्तै यतितले घरमा यति संख्यामा पुस्तक हुनै पर्ने नियम लागू गरिदिने हो भने आमूल परिवर्तन आफैँ सुरु हुन्छ । हरेक घरमा पठन संस्कृतिको विकास हुन्छ।

पराजुलीको सुझाव आफैँमा सकारात्मक छ । तर के पुस्तकलाई घरको अनिवार्य वस्तुको रुपमा स्वीकार गर्ने गरिको नीति बनाउनकुनै स्थानीयनिकाय अग्रसर होला? आशा गरौं देशभरका कुनै न कुनै स्थानीय निकायबाट यो कामको थालनी पक्कै हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *