प्रेस सेन्टर नेपाल प्रदेश नं २ को अध्यक्षमा कर्ण

काठमाडौं।प्रेस सेन्टर नेपाल प्रदेश नं २ को प्रदेश समिति अध्यक्षमा किरण कर्ण चयन भएका छन् । सेन्टरको आज धनुषाको जनकपुरधाममा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले धनुषाका पत्रकार कर्णको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समिति समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा धनुषाकै दीपेन्द्रकुमार सिंह, उपाध्यक्षद्वयमा सिरहाका रामभरोसी यादव र महोत्तरीकी सुनिता महतोलाई चयन गरेको छ ।
यस्तै समितिको प्रमुख सचिवमा सप्तरीका गोपालप्रसाद गुप्ता, सचिवमा बाराका अनिल पाण्डे, महोत्तरीका रामनारायण महतो, सिरहाका सरोज पासवान, सर्लाहीका भक्ति रिजाल, सप्तरीका ध्रुवकुमार मण्डल, रौतहटका ओमकिशोर चौधरी, पर्साका मुनेष लायो मगर र कोषाध्यक्षमा सप्तरीका दीपेन्द्रप्रसाद यादवलाई चयन गरेको छ ।
सदस्यहरूमा सर्लाहीका ज्योति लामा, सर्लाहीकै विमल नगरकोटे, रौतहटका प्रह्लाद साह, कृष्ण तिवारी, दिपेश पौडेल, महोत्तरीका निरञ्जन साह, सप्तरीका महेन्द्र मण्डल, सिरहाका अनुभक्तकुमार चौधरी, पर्साका अशोककुमार श्रीवास्तव, संजितकुमार गुप्ता, राम मण्डल, सिरहाका रामनारायण पण्डित, सर्लाहीका प्रेमनाथ पौडेल, बाराका बिभु अधिकारी, अजय यादव, भावना सुनार, कुमारी घिसिङ, फैजुला आलम र महेन्द्र सहनीलाई चयन गरेको जनाएको छ ।
यस्तै धनुषाका वरिष्ठ पत्रकार बिएन खनाल, सन्त बेतित, सप्तरीका अनिलकुमार अनल, अरुणकुमार तिवारी र बाराका गम्भीरा सहनीलाई प्रदेश समितिको सल्लाहकारमा चयन गरेको छ । यसअघि आजै बिहान एक कार्यक्रमका बीच शिक्षा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव र प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अधिवेशनको उद्घाटन गरेका थिए ।
Facebook Comment