संयोगले ड्रोनमा कैद भयो ज्वालामुखीको अद्भूत दृश्य, हेर्नुहोस् भिडियो

डिसी नेपाल
१२ मंसिर २०७८ १६:०२

काठमाडौं। पछिल्लो समय भत्किँदै गरेको ज्वालामुखीको क्रेटरको भिडियो सामाजिक संजालमा निभै भाइरल भइरहेको छ । ज्वालामुखीको यो अद्भूत दृश्यलाई होरुर क्रिस्टलिफसन नामका फोटोग्राफरले ड्रोनबाट खिचेका हुन् । भिडियोमा ज्वालामुखी क्रेटरको ठूलो भाग भत्किएको देखिएको छ । गुड न्यूज करेस्पोन्डेन्ट नामको ट्वीटर ह्याण्डलबाट यो भिडियो शेयर गरिएको छ । ज्वालामुखीको यो भिडियो साँच्चै आश्चर्यजनक छ ।

यो भिडियो आइसल्याण्डको राजधानी रेकजाभिकबाट लगभग ४० किलोमिटर टाढा फाग्राडल्सफजाल पर्वतबाट शुट गरिएको हो । यो ज्वालामुखी यसै वर्षको सुरुवातमा १९ मार्चमा फुटेको थियो । अहिले ज्वालामुखीको माथिबाट खिचिएको ड्रोन फुटेजमा क्रेटरको एक भाग भत्किएको देखिएको छ ।

भिडियोको क्याप्सनमा लदेखिएको छ ‘आइसल्याण्डका फोटोग्राफर होरुर क्रिस्टलीफसनले ज्वालामुखीको क्रेटरमाथि आफ्नो ड्रोन उडाइरहेका थिए त्यही बेला क्रेटर रिमको एक भाग अचानक भत्कियो । त्यो भाग हेर्दा सानो लाग्न सक्छ तर वास्तवमा यसको आकार ५ तले भवनजत्रै छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *