सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने भीम रावलको चेतावनी
![सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने भीम रावलको चेतावनी](https://www.dcnepal.com/wp-content/uploads/2021/11/258515368_1998281986998454_3132924219293709621_n.jpg.jpg)
चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् । बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन् ।
उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन् । उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment