निर्वाचनसम्बन्धी प्रक्रिया बिहानसम्म स्थगित, रावलले मनोनयन दर्ता गर्न पाएनन्
सौराहा । नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया भोलि (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आजै पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आजै मनोनयन दर्ता गराउन सकेनन् । अब उनले भोलि मनोनयन दर्ता गराउनुपर्नेछ ।
प्रतिक्रिया
Facebook Comment