कांग्रेस दैलेख सभापतिमा रेग्मी विजयी
![कांग्रेस दैलेख सभापतिमा रेग्मी विजयी](https://www.dcnepal.com/wp-content/uploads/2021/11/Congress-14-Mahadhibesan-1-e1629962041858.jpg)
दैलेख । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी विजयी भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७ सय ९१ मत ल्याएर उनी विजयी भएका हुन् ।
गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ५ सय ५९ मत खसेको थियो ।
कांग्रेसका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता विवशकुमार बस्नेतले उपसभापतिमा नवराज शाही, रीताकुमारी शाही, सचिवमा खेमराज वली, नारायणप्रसाद रेग्मी, सहसचिवमा कनकबहादुर सेन र महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै, उनले प्रदेश महाधिवेशन प्रतिनिधिमा विमलविक्रम शाही र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरबहादुर खड्का निर्वाचित भएको बताएका छन् ।
कांग्रेसका पुराना नेता नवनिर्वाचित रेग्मी १३औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भई पराजित भएका थिए । दैलेख क्षेत्र नं.२ का पूर्वक्षेत्रीय सभापति भण्डारी हाल दुल्लू नगरपालिकाका प्रमुख छन् ।
Facebook Comment