उदयपुर कांग्रेस जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित

डिसी नेपाल
१३ मंसिर २०७८ १६:३७

काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्।उनले वर्तमान सभापति बिदुर बस्नेतलाई पराजय गरेका हुन्।जिल्ला निर्वाचन समितिका अनुसार,कूल १ हजार ३ सय ७३ गणना भएको मतमा कार्कीले ७ सय ६७ मत र बस्नेतले ५ सय ८९ मत ल्याएर थिए।

नव निर्वाचित सभापति कार्की प्रदेश एकका भौतिक तथा पूर्वाधार विकास मन्त्री समेत हुन्।यसअघि १३ औँ महाधिवेशनमा उनै बस्नेतसंग जिल्ला सभापतिमा पराजित भएका कार्की शेरबहादुर देउवा निकटका मानिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *