केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई

डिसी नेपाल
१३ मंसिर २०७८ १९:३०

काठमाडाैं। एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको छ। केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि अफ्ठ्यारो भइरहेको बताइएको छ।

यही कारण निर्वाचन कार्यतालिका प्रभावित भएको एमाले निर्वाचन आयोगले जनाएको छ । राति नै मतदान हुने सम्भावना कम रहेको बताइएको छ। केपी शर्मा ओली भने अझै पनि केन्द्रीय सदस्यमा नेताहरूबीच सहमति गराउने प्रयासमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *