कांग्रेस कपिलवस्तु सभापतिमा कलाम विजयी, देउवा पक्ष कमजोर

डिसी नेपाल
१४ मंसिर २०७८ ९:५७

कपिलवस्तु। नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन् ।

कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए । कलाम वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन् ।

उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित भए । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी भएका छन् । देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र जयी भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *