कांग्रेस महाधिवेशनः बर्दिया जिल्ला सभापतिमा राठौर निर्वाचित

डिसी नेपाल
१४ मंसिर २०७८ १४:३८

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन्।उनले प्रतिस्पर्धी भुवनेश्वर चौधरीलाई पराजित गरेका हुन्।

जिल्ला निर्वाचन समितिका अनुसार,राठौरले ८ सय ८० र चौधरीले ६ सय ६८ मत प्राप्त गरेका थिए। २०२ मतातन्तरले विजयी बनेका राठौर शेरबहादुर देउवा निकटका मानिन्छन्।प्राप्त मतपरिणाम अनुसार,जिल्ला कार्य समितिको प्यानलनै राठौर समूहका निर्वाचित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *