एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

डिसी नेपाल
१४ मंसिर २०७८ १५:४७

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली भारी मतान्तरका साथ एमाले अध्यक्षमा दोस्नो पटक निर्वाचित भएका हुन्।ओलीले भीम रावललाई पराजित गरेका हुन्।स्रोतका अनुसार,गणना भएको कुल २ हजार ९६ मत मध्ये ओलीले १८०८ र रावलले २१३ मत प्राप्त गरेका छन्।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेका ओलील यो अधिवेशनमा उपाध्यक्ष समेत रहेका भीम रावललाई पराजित गर्दै चार वर्षे कार्यकालमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले औपचारिक मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ ।यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *