ओलीद्वारा अध्यक्षको सपथग्रहण र रावलले केन्द्रीय सदस्यमा सपथ खाएनन्
![ओलीद्वारा अध्यक्षको सपथग्रहण र रावलले केन्द्रीय सदस्यमा सपथ खाएनन्](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261801956_482414473147314_8846671331890144748_n.jpg.jpg)
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।
ओलीले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् । आयोगका संयोजक विजय सुब्बाले उनलाई सपथ खुवाएका हुन् । आफूले सपथग्रहण गरेपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् ।
ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए । रावल केन्द्रीय सदस्यमा विजयी भएका थिए। तर, रावलले सपथ भने खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया
Facebook Comment