पिछडिएका समुदायलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह

काठमाडौँ ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम, दलितलगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आज आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलितलगायतको समुदायले शिक्षामा जोड नदिएसम्म प्रदेशको विकास सम्भव नरहेको बताए । पिछडिएको समुदायलाई शिक्षामा अगाडि बढाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको उल्लेख गर्दै उनले उक्त योजनाको लाभ लिन सर्वसाधारणलाई आग्रहसमेत गरे ।
प्रतिक्रिया
Facebook Comment