धनकुटाको कांग्रेस सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको वर्चस्व
![धनकुटाको कांग्रेस सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको वर्चस्व](https://www.dcnepal.com/wp-content/uploads/2021/12/dinesh-rai.jpg.jpg)
धनकुटा । नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् ।
बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार राईले ५ सय ४ मत प्राप्त गर्दा फागोले ४ सय ७० मत मात्रै पाए ।उपसभापतिमा सुनिल डंगोलले ४ सय ६६ र निर्मल ओझा ४ सय ३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।
सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६ सय २६ र जयन्द्र घिसिङ ४ सय ३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५ सय १८ र गिरिजा दाहालले ४ सय ६६ मत प्राप्त गरेर विजयी भएका छन् ।
सदस्य र संघीय महाधिवेशन प्रतिनिधिका भएको मतदानको मतगणना जारी रहको र बुधबार साँझसम्म नतिजा आउने निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
Facebook Comment