कांग्रेस महाधिवेशनः सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित
![कांग्रेस महाधिवेशनः सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित](https://www.dcnepal.com/wp-content/uploads/2021/12/Nmgle-sherpa.jpg)
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएका छन्।उनले बर्तमान जिल्ला सभापति बिनोद बस्नेतलाई १४२ मतान्तरले पराजित गरेका हुन्।
जिल्ला निर्वाचन समितिका अनुसार,कुल ८९७ गणना भएको मत मध्ये शेर्पाले ५१३ र बस्नेतले ३७१ मत प्राप्त गरेका थिए। पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।निर्वाचित शेर्पा संस्थापन पक्षका हुन्,भने बस्नेत इतर समूहका हुन्।
प्रतिक्रिया
Facebook Comment