कांग्रेस महाधिवेशनः प्रतिवद्धता पत्रसहित बाग्मती प्रदेश सभापतिका लागी केसी मैदानमा

डिसी नेपाल
१६ मंसिर २०७८ १०:४०

काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट सुरु हुने प्रदेश अधिवेशनको लागी नुवाकोट जिल्लाका पूर्व सभापति जगदिश्वरनर सिंह केसी बाग्मती प्रदेश सभापतिको लागी उम्मेदारी दिने घोषणा गरेका छन्।संस्थापन इतरबाट उम्मेदार बनेका केसी १० बुँदे प्रतिबद्धता सहित मैदानमा उत्रिएका हुन्।संस्थापन पक्षबाट यसअधि नै बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उम्मेदारी घोषणा गरिसकेका छन्।

उम्मेदार केसीको प्रतिवद्धताः
१. पार्टीको आन्तरिक लोकतन्त्रलाई सबल र सुदृढ बनाउने ।

२.पार्टी संगठनलाई व्यवस्थित र पारदर्शी बनाउने ।

३.क्रियाशील सदस्यतालाई योगदानमा आधारित बनाई नियमित पुनरावलोकन र अद्यावधिक गर्ने, गराउने ।

४.पार्टीलाई संस्थागत निर्णय र सामूहिकताको आधारमा सञ्चालन गर्ने ।

५.पार्टीका प्रत्येक संरचनामा आवधिक तहको प्रशिक्षणको प्रबन्ध गर्ने ।

६. स्वास्थ्य, शिक्षा लगायत सामाजिक उत्तरदायित्वका विषयमा पार्टी संगठनलाई क्रियाशील गरी जनस्तरमा पार्टीको सम्बन्ध विकसित तुल्याउने ।

७.महिला, दलित, बालबालिका, युवा, आदिवासी जनजाती, विद्यार्थी, किसान, मजदुर लगायतका समुदायको उत्थानमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने ।

८. संघीय, प्रदेश र स्थानीय निर्वाचनहरूमा पार्टीका सबै संरचनाको प्रभावकारी परिचालन मार्फत सबै तहमा पार्टीको जीत सुनिश्चित गर्न पहलकदमी लिने ।

९.आफ्नो कार्यकालमा प्रदेश समितिको आफ्नै भवन निर्माण गरी पार्टीलाई भौतिक पूर्वाधार र प्रविधियुक्त बनाउने।

१०.पार्टीको केन्द्र र जिल्लाहरूबीच निरन्तर समन्वय गरी पार्टी संगठनलाई गतिशील बनाउने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *