भारतीय जासुस भट्नागर र प्रधानमन्त्री देउवाको गोप्य भेट, कांग्रेस नेतृत्वबारे चासो

डिसी नेपाल
१७ मंसिर २०७८ ८:१६

काठमाडौं। भारतीय गुप्तचर संस्था ‘रअ’का नेपालस्थित प्रमुखले प्रधानमन्त्री शेरबहादुर देउवासँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री देउवाको निवासमा विहीबार भएको सो भेटघाटमा रअ का प्रमुख राघव भट्नागरले नेपाली कांग्रेसको भावी नेतृत्वका बारेमा प्रधानमन्त्री देउवासँग चासो राखेको र त्यसबारे आफ्नो देशको धारणासमेत जानकारी गराएको बताइएको छ।

बालुवाटार स्रोतका अनुसार, जासुस प्रमुख भट्नागर आफ्ना सहयोगीसहित पुगेका थिए। भारतको हिन्दूवादी तथा संस्थापन पक्षले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रधानमन्त्री शेरवहादुर देउवालाई असहयोग गर्ने र सभापतिका अन्य आकांक्षीहरुलाई सघाउने हल्ला नेपाली कांग्रेसभित्र चर्को रुपमा फैलिएपछि जासुसका प्रमुख भट्नागर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन्।

समाचारअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति परिचालन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको सन्देशसहित भट्नागरले देउवालाई भेटेका हुन्। डोभालले भारत सरकार र भारतको गुप्तचर एजेन्सी रअ ले नेपाली कांग्रेसको आगामी अधिबेशनमा कसैलाई पनि जिताउन वा हराउन नलाग्ने र जित र हारका लागि कोही पनि परिचालन नगरिएको स्पष्ट पार्ने प्रयास गरेको बालुवाटार स्रोतले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति परिचालन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको सन्देशसहित भट्नागरले देउवालाई भेटेका हुन्। डोभालले भारत सरकार र भारतको गुप्तचर एजेन्सी रअ ले नेपाली कांग्रेसको आगामी अधिबेशनमा कसैलाई पनि जिताउन वा हराउन नलाग्ने र जित र हारका लागि कोही पनि परिचालन नगरिएको स्पष्ट पार्ने प्रयास गरेको छ।

‘कसैलाई पुल वा पुस(तान्ने वा धकेल्ने) काम नगर्ने सन्देश दिएका छन्’, सो स्रोतले भन्यो, ‘त्यसैले प्रधानमन्त्री देउवालाई भारतीय पक्षबाट असहयोग हुने हो कि भन्ने हल्लाको अव अर्थ छैन।’ यही सन्देश प्रधानमन्त्री देउवालाई भारतीय गुप्तचर संस्थाका एकजना उच्च पदस्थ तर रिटायर्ड कर्मचार एभी माथुरले पनि फोन नै गरेर भट्नागरकै जस्तो सन्देश दिइसकेका छन्। देउवासँग सम्बन्ध थप विग्रन नदिन भारतले कांग्रेस अधिवेशनमा कुनै पनि पक्षमा नलाग्ने सन्देश प्रवाह गरेको बताइएको छ।

कांग्रेसभित्र सभापतिको उम्मेद्वारी घोषणा गरेका नेता विमेलन्द्र निधिलाई देउवा क्याम्पबाट छुटाएर देउवाकै प्रतिष्पर्धी बनाउने काम गरेको आरोप भारतीय जासुसहरुमाथि लाग्दै आएको छ। यो कुरालाई अस्वीकार गर्न यतिबेला भारतीय जासुसहरुले मेहनत गरेको बताइएको छ। त्यसो त भारतीय हिन्दुवादीहरुले नेता शेखर कोइरालालाई देउवाविरुद्ध अघि सारेको भन्नेहरु पनि कांग्रेसभित्र कम छैनन्।

स्रोतका अनुसार, नेपालका लागि भारतका पुर्वराजदूत मञ्जिवसिंह पुरी बेलाबेला जनकपुर झुल्कने गरेको र कांग्रेस महाधिवेशनको संघारमा उनको झुल्काइले निधिलाई समर्थन पुग्ने गरेको विषयले पनि कांग्रेसको अरु क्याम्पमा चर्चा पाउने गरेको छ।

यी चर्चाहरुलाई एकमुष्ट सम्बोधन गर्ने गरी जासुस प्रमुख भट्नागरले प्रधानमन्त्री देउवालाई विहीबार भेटेको र कांग्रेसका सभापतिका आकांक्षी अन्य नेताहरुलाई पनि छुट्टा छुट्टै भेटेर एउटै सन्देश दिने जानकारी पनि प्रधानमन्त्री देउवालाई दिइएको स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *