माओवादी केन्द्रको तुलसीपुर अध्यक्षमा चौधरी
![माओवादी केन्द्रको तुलसीपुर अध्यक्षमा चौधरी](https://www.dcnepal.com/wp-content/uploads/2021/09/mawobadi-maoist.jpg)
दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर कमिटी गठन भएको छ । शनिबार भएको नगर भेलाले नगर कमिटीको नेतृत्व चयन गरेको हो । यसअघि तुलसीपुरमा सम्पन्न भएको पालिका अधिवेशनमा सहमति हुन नसकेपछि ७३ सदस्सीय कार्यसमिति चयन भएको थियो ।
सोही कार्यसमितिले शनिबार नेतृत्व चयन गरेको हो । पार्टीको तुलसीपुर नगर कमिटीको अध्यक्षमा खुसीराम चौधरी चयन भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए । यस्तैगरी उपाध्यक्षमा मन कुमारी महत, यज्ञ बहादुर केसी, मोहन थापा चयन रहेका छन् । सचिवमा तुलाराम भण्डारी, सहसचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा अमर नेपाली (माइकल) चयन भएको माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment