राप्रपाको मतदान जारी, अझै १५ सय मत खस्न बाँकी
![राप्रपाको मतदान जारी, अझै १५ सय मत खस्न बाँकी](https://www.dcnepal.com/wp-content/uploads/2021/12/rpp-2.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले अझै लम्बिने भएको छ ।
निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म २९ सय मत खसेको छ । अझै १५ सय मत खस्न बाँकी रहेको छ ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् ।
राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।
उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदान अन्योलमा परेको बताइएको छ । मतदानका लागि बढीमा १५ मिनेट लाग्नेमा प्रतिनिधिले आधा घण्टासम्म लगाउने गरेका छन् ।
निर्वाचन अधिकृत बस्नेतले आजै मतदान सकेर राति नै मतगणना गरिने बताए ।
Facebook Comment