भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन

काठमाडाैं।भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्राेन भाईरसबाट संक्रमित हुनेकाे संख्या चार जना पुगेकाे छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले काेभिडकाे दुबै खाेप लगाएका थिए ।
मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वराे देखिएकाे थियाे । उनकाे मुम्बईस्थित काेभिड केयर सेन्टरमा उपचार भइरहेकाे छ ।उनकाे सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुकाे पनि काेभिड परीक्षण गरिएकाे छ। उनीहरु सबैकाे नेगेटिभ रिपाेर्ट आएकाे प्राप्त समाचारमा जनाइएकाे छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ओमिक्राेन भेरयन्ट देखिएकाे थियाे ।
एजेन्सी
प्रतिक्रिया
Facebook Comment