आहा ! तोरी बारी (फोटोफिचर)

कपिलवस्तु । तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् ।
कपिलवस्तुको बुद्धभूमि ३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ । यहाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देखिँदा चिटिक्क बनेका छन् । तोरीको सिजन सुरु भए सँगै कपिलवस्तुका धेरै बस्ती प्राकृतिक रूपले सिँगारिएका छन् ।
जिल्लाको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिकाका बस्तीहरू पहेँलपुर बनेका छन् । तोरीको फूल लागेको १५ देखि २० दिन भित्र फूल झर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्र चौवे बताउँछन् ।
कपिलवस्तु कृषि उत्पादनका लागि उर्वर भूमि समेत मानिन्छ । यो सिजनमा तोरीको अलावा, गहुँ मकै र विभिन्न जातका तरकारी खेती हुने गरेको छ । जिल्लामा दुई हजार ८१५ हेक्टर बढी जमिनमा तोरी खेती गरिन्छ । प्रतिहेक्टर ९८० केजी तोरी उत्पादन हुने गरेको छ ।
Facebook Comment