१८ लाख बराबरको अवैध जुत्ता बरामद

काठमाडौं ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज बुटवलबाट रु. १८ लाख बराबरको अवैध जुत्ता बरामद गरेको छ । कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु१च ८२१३ नं को बलेरो गाडी जाँच गर्दा ती जुत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउपुलबाट सो सामान प्ररहीले बरामद गरेको हो । एअर, बाटालगायत विभिन्न कम्पनीका २५ कार्टुन (जोर) जुत्ता फेला परेको र रुपन्देहीको सैनामैना नगरापालिका–४ स्थित मुर्गियाका ३२ वर्षीय विष्णु थारूलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाडी, जुत्ता र चालक चौधरीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
प्रतिक्रिया
Facebook Comment