ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

डिसी नेपाल
२१ मंसिर २०७८ ७:०३

ताप्लेजुङ। ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन्।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन्। ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा(डोज) लगाएका छन् ।

कोभिशिल्ड-एक्सट्राजेनेका खोपको दुबै मात्रा लगाउनेको संख्या १३ हजार १ सय ९३ छ । ५ हजार ८ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।

१९ हजार १ सय २० जनाले कोभिशिल्ड-एक्सट्राजेनेका खोपको पहिलो मात्रा र ३३ हजार ३ सय ५५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

यसरी ५ हजार ९ सय २९ जनाले कोभिशिल्ड-एक्सट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको पाइएको छ । २ हजार ७ सय ४९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ८ हजार ६ सय ७८ रहेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *