थप ६ लाख मात्रा कोभिसिल्ड खोप नेपाल आउँदै

काठमाडौं। कोभ्याक्स सुविधामामार्फत बुधबार थप ६ लाख डोज कोभिडसिल्ड खोप नेपाल आउने भएको छ ।
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये दुइपटक गरी ७ लाख २५ हजार र ९ लाख ७२ हजार गरी १६ लाख ९७ हजार डाेज खोप आइसकेको छ।
नेपालमा मंगलबारसम्म १ करोड ९२लाख ८५ हजार १९७ डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी नै रहेको छ।
प्रतिक्रिया
Facebook Comment