कांग्रेस महाधिवेशनका लागि २५ लाखको मन्च (फोटोफिचर)

काठमाडौं। आगामी शुक्रबारदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि प्रचारप्रसार र मन्च व्यवस्थापनको काम धमाधम भइरहेको छ । काठमाडौंको भृकुटीमण्डप स्थित मन्च बनाउने , स्वागत गेट, झन्डा र ब्यानर टाँग्ने लगायतका काम धमाधम भइरहेको छ ।
भृकुटीमण्डपमा १४ वटा स्वागत द्वारको निर्माणकार्य धमाधम भइरहेको छ । देशभरिबाट आउने करिब ४७ सय महाधिवेशन प्रतिनिधि र कार्यकर्ता अट्न सक्ने ठाँउको निर्माण गरिदै छ ।
महाधिवेशन नजिकिएसंगै विभिन्न स्थानबाट प्रतिनिधि आउने क्रम पनि सुरु भएको छ । आवास, खाद्यान्न, स्वास्थ्य सुरक्षा र प्रचारप्रसारलगायत विषयमा अन्तिम तयारी भइरहेको नेपाली कांग्रेसका केन्द्रीय कार्यलयका सचिव डा. प्रदिप पराजुली बताउछन् ।
सचिव पराजुलीका अनुसार,महाधिवेशनमा काठमाडौंमा करिब १० हजार पार्टीका झन्डा फहराइने छ । र भृकुटीमण्डपमा करिब ८० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको मन्च बन्ने र मन्च व्यवस्थापनका लागी करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेकाे छ ।
Facebook Comment