दाङमा द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बिमा

दाङ। दाङको घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बिमा गर्न थालिएको छ । वडा कार्यालयले ३३ जनाकाे स्वास्थ्य बिमा गरिदिएको हो । घोराहीका मेयर नरुलाल चौधरीले द्वन्द्वपिडीतका लागि स्वास्थ्य बिमाको शुभारम्भ गरे ।
जनयुद्ध, जनआन्दोलनका सहिद र बेपत्ताका परिवार तथा घाइतेकाे नि:शुल्क स्वास्थ्य बिमा सुरु भएकाे हाे ।
घोराही-१७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको र चालु आर्थिक वर्षमा द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताए ।
प्रतिक्रिया
Facebook Comment