माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म

डिसी नेपाल
२३ मंसिर २०७८ १०:२५

काठमाडौं। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ।

पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएकाे हाे।

यसैगरी माओवादी केन्द्रककाे कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसाेसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन्। श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे आन्दाेलनकाे माेर्चा सम्हालिरहेका छन्।

पूर्वमहान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नेतृत्व गरेको ३५ सदस्सीय कानुन विभागमा बहालवाला अध्यक्ष श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ। विभागको तेस्रो बरियतामा रहने गरी श्रेष्ठलाई जिम्मेवारी दिइएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी परिपत्रमा उल्लेख छ।

माओवादीको उक्त विभागमा अर्का पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठसहित पूर्वन्यायाधीशद्वय ए. मिकरानी भि चाैलागाईँलाई पनि जिम्मेवारी तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *