पदाधिकारीको संख्या थप्ने कांग्रेसको तयारी !

डिसी नेपाल
२३ मंसिर २०७८ १२:५०

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ। शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो।

१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ। सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ।

जस कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन। नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्ने क्रम सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *