कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा ओखलढुंगाका आठ नेताको दाबी

डिसी नेपाल
२३ मंसिर २०७८ १३:४४

काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । कांग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।शुक्रबारबाट सुरू हुने १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेद्वार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् । यद्यपि अधिकारीले भने महासंघको पद त्याग्ने संकेत गरेकी छिन् ।

जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविसंघका पूर्व केन्द्रीय उपसभापति नविन राई, महिला नेतृ बाला अधिकारी र युवा नेता डेकराज भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने जनाएका हुन् ।

उमेद्वारी घोषणा गरेका नेताहरू गुटको लिस्टमा पर्न दौढधुप नेताको घरदैलो थालेका छन् । एउटै समूह भित्र धेरै आकांक्षी भएकाले गुटको लिस्टमा नपर्दा चुनाव जित्न सजिलो नहुने निचोडसहित नेताहरू आ(आफ्नो समूहमा लविङमा छन् । खतिवडा, सुनुवार, दाहाल, अधिकारी र भट्टराई देउवा समूहका हुन् भने कोर्मोचा, केसी र राई कोइराला(पौडेल पक्षका हुन् ।

विगतमा पनि नेताहरूले उम्मेदवारी दिने र गुटको उम्मेदवार हुन नसक्दा पराजित भएका उदाहरण छन् । जिल्लाबाट एक वा दुई बन्ने हो भने जित्न सक्ने अन्यथा एकले अर्कोलाई हराउने काम मात्र हुने धेरैको विष्लेषण छ । पत्रकार कुम्भराज राईले नेताहरूले जित्नेभन्दा हराउने काममा उम्मेदवार बन्न खोजेको टिप्पणी गरे ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *